डलरको भाउ बढ्दा अरु विदेशी मुद्राको भाउ पनि बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ भाद्र २१, बिहिबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र २१, काठमाडौं । डलरको भाउ बढ्दा अरु विदेशी मुद्राको भाउ पनि बढेको छ । बिहीबार दिनार, रिंगिट, दिर्हामको सटही दर बढेको छ । कोरियन वन भने केही घटेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ५३ पैसा र बिक्रिदर ३० रुपैयाँ ६९ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४५ र बिक्रिदर ३१ रुपैयाँ ६१ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ १७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३४ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६१ पैसा र बिक्रिदर २७ रुपैयाँ ७५ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २१ र बिक्रिदर १० रुपैयाँ २६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ७७ रुपैयाँ ७३ पैसा छ भने बिक्रिदर ३ सय ७९ रुपैयाँ ७१ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय ०३ रुपैयाँ ६९ पैसा र बिक्रिदर ३ सय ०५ रुपैयाँ २९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस