वैशाखयता प्राकृतिक बिपदबाट ३ सय ४६ जनाको ज्यान गयो, ८५ जना बेपत्ता

भाद्र २५, काठमाण्डौ । पछिल्लो २४ घण्टामा बाढी पहिरोलगायत प्राकृतिक विपदमा परेर चार जनाको ज्यान गएको छ । गएको २४ घण्टामा विभिन्न जिल्लामा ६ वटा प्राकृतिक विपदका घटना भएका छन् । पहिरोमा एक महिला र दुई पुरुष तथा चट्याङमा एक पुरुषको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । गएको १८ गते बाग्लुङको ढोरपाटन नगरपालिका ९ को भुसुण्डे, दुनेपोखरा र लाकुरीबोटमा गएको पहिरोमा ९३ वटा घर बगाउँदा हराइरहेका तीन जनाको शव भेटिएको छ । यो पहिरोमा २१ जनाको ज्यान गएको छ । १९ जना अझै सम्पर्कविहीन छन् । यस्तै चार जना घाइते छन् ।

बाग्लुङको ताराखोला गाउँपालिका ३ को सिलमारेमा घरमा परेको चट्याङ लाग्दा एक पुरुषको ज्यान गएको हो । गएको वैशाख १ गतेयता पहिरोमा परेर दुई सय ५०, बाढीमा ३९, चट्याङका कारण ५७ जना गरी तीन सय ४६ जनाको ज्यान गएको छ । यस्तै यो अवधिमा बाढी पहिरोमा परेर ८५ जना सम्पर्कविहीन छन् । प्राधिकरणका अनुसार यस अवधिमा विपदमा परेर तीन सय ९७ जना घाइते भएका छन् ।

संम्बन्धित समचार

Leave a Reply