पर्सा, बारा र रौतहटमा थप १६ जनामा संक्रमण पुष्टि

Post Thumbnail

दिपू बर्णवाल
भाद्र २५, वीरगञ्ज । पर्सा, बारा र रौतहटगरी थप १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । रगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोशालामा पर्सा, बारा र रौतहटको विभिन्न स्थानबाट आएका २ सय ९० जनाको थ्रोट स्वाबका नमुनाहरुलाई परिक्षण गर्दा १६ जना कोभिड पोजेटिभ भएका हुन् । पाँच महिलासहति कोभिड पोजेटिभ भएका मध्ये पर्सा र बाराका ७र७ जना रहेका छन् भने रौतहटका २ जना रहेका छन् । उनीहरुमा ६ वर्षीय बालकदेखि ७४ वर्षीय वृद्धसमेत रहेका छन् । पर्सामा वीरगञ्ज महानगरपालिका वडा नम्बर १० र ११ मा एकरएक जना संक्रमित थपिएका छन् भने वडा नम्बर १३ र १६ मा दुईरदुई जना संक्रमित थपिएका छन् । वीरगञ्जस्थित नबिल बैंकमा कार्यरत एक थप एक कर्मचारीपनि कोभिड पोजेटिभ भएको नारायण अस्पतालले जनाएको छ ।
त्यसैगरी बारा जिल्लाको कोल्भी नगरपालिकाको वडा नम्बर ६ मा एक जना, महागढीमाई नगरपालिका वडा नम्बर ९ का दुई जना र वडा नम्बर २,३ र ८ का एकरएक जना र बारा जिल्लाकै बगुवनमा एक जना संक्रमित थपिएको नारायणी अस्पतालका प्रवक्ता तथा वरिष्ठ छाला रोग विशेषज्ञ डा। अतुलेशकुमार चौरसियाले जनाकारी दिए । रौतहटका दुवै संक्रमित गरुडा नगरपालिका वडा नम्बर ८ का बासिन्दा हुन् ।
थपिएका संक्रमितहरुको सिटि भ्यालु १८ देखि ३० रहेको डा। चौरसियाले बताए । उनले २४ भन्दा कम सिटि भ्यालु भएका व्यक्तिले संक्रमण अरुमा फैलाउँने जोखिम बढी रहेको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस