आज थपिएका कोरोना संक्रमित कुन-कुन जिल्लाका हुन् ? (जिल्लागत बिवरण हेर्नुहोस्)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र २५, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र २५, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ। गत २४ घण्टामा १ हजार २ सय ४६ जना भेटिएसँगै संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको हो। ४ सय २ महिला र ८ सय ४४ पुरुष गरी १ हजार २ सय ४६ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । प्रदेश १ को इलाममा २, उदयपुरमा २, खोटाङमा १, झापामा ११, पाँचथरमा ४, भोजपुरमा ३, मोरङमा १६, संखुवासभामा २२ र सुनसरीमा २३ जनामा कोरोना भेटिएको छ । प्रदेश २ को धनुषामा २७, पर्सामा ११, बारामा १७, रौतहटमा २, सप्तरीमा ३५, सर्लाहीमा ४२ र सिराहामा १ जनामा कोरोना पाइएको छ ।

यस्तै, बागमती प्रदेशको काठमाडौंमा मात्र ४ सय ९५ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। काभ्रेमा ३६, चितवनमा १८, दोलखामा ३, धादिङमा ३, नुवाकोटमा १, भक्तपुरमा ३४, मकवानपुरमा ३५, रामेछापमा २, ललितपुरमा ४३, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा १ जनामा कोरोना पाइएको छ । गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २१, गोरखामा १, तनहुँमा ५, नवलपरासी पूर्वमा ८, पर्वतमा २, लमजुङमा १, बागलुङमा ९ र स्याङजामा १२ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश ५ को अर्घाखाँचीमा २, कपिलवस्तुमा ४४, गुल्मीमा ७, दाङमा ४, नवलपरासीमा ३७, पाल्पामा २९, बर्दियामा १०, बाँकेमा ७०, रुपन्देहीमा ५१ र रोल्पामा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशको रुकुम पश्चिममा ६, सल्यानमा ६ र सुर्खेतमा ५, सुदूरपश्चिम प्रदेशको कैलालीमा २१, डोटी, बाजुरा र बैतडीमा १÷१ कोरोना भेटिएको छ । कुल संक्रमितमध्ये १४ हजार ४ सय ४८ जना सक्रिय संक्रमित छन् । कोरोनाको आशंकामा गत २४ घण्टामा ११ हजार १ सय ४४ जना जनाको परीक्षण भएको छ। देशभर हाल ५ हजार ८ सय ६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस