रुसी सैन्य गुप्तचरबाटै भयो हत्याको प्रयासः बेलायती प्रधानमन्त्री

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ भाद्र २१, बिहिबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र २१, काठमाडौं । बेलायती प्रधानमन्त्री टेरिजा मेले पूर्व रुसी गुप्तचर सर्गेई स्क्रिपाल र उनकी छोरी युलियाको हत्याको प्रयास दुई रुसी सैन्य गुप्तचर अधिकारीहरूले गरेको आरोप लगाएकी छन् ।

बेलायती संसद्मा बोल्दै उनले रुसी सैन्य गुप्तचर एलेक्जान्डर पेट्रभ र रुस्लान बसिरफले हत्याको प्रयास गरेको आरोप लगाएकी हुन् ।

उनले रुसी सरकारको उच्च तहबाटै हत्याको प्रयास गराएको आरोपसमेत लगाइन । रुसी जासुसी निकाय जीआरयूमाथि सामूहिक कारबाहीको आह्वानसमेत उनले गरिन ।

स्कट्ल्यान्ड यार्ड तथा ब्रिटिश अभियोजनकर्ता निकाय क्राउन प्रोसिक्युसन सर्भिस सीपीएसले पूर्व रुसी गुप्तचर स्क्रिपाल र उनकी छोरी युलियाको हत्या प्रयास गरेको आरोप लागेका एलेक्जान्डर पेट्रभ र रुस्लान बसिरफविरुद्ध पर्याप्त प्रमाण रहेको जनाएका छन् ।

आरोपीहरुले आफ्नो नाम परिवर्तन गरेको हुन सक्नेसमेत बताइएको छ । बेलायती प्रहरीले दुई जनाको सीसीटीभी फुटेज सार्वजनिक गरेको छ ।

गत मार्चमा ६६ वर्षीय स्क्रिपाल र उनकी ३३ वर्षीया छोरीमाथि स्नायुप्रणालीमा असर गर्ने नोभिचोक भनिने विषालु पदार्थबाट आक्रमण भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस