भारत-चीनबीच पाँच बुँदे सहमति: सीमा क्षेत्रको तनाव कम हुने विश्वास

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ भाद्र २६, शुक्रबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र २६,काठमाडौँ । सीमा क्षेत्रको तनाव कम गर्न भारत र चीनबीच पाँच बुँदे सहमति भएको छ । लद्दाखको भारत–चीन वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भइरहेको तनाव कम गर्न पाँच बुँदे सहमति भएको बीबीसीले जनाएको छ ।

भारतीय विदेश मन्त्री एस जयशंकर र चिनियाँ विदेश मन्त्री वांग यीबीच रुसको मस्कोमा भएको भेटवार्तामा पाँच बुँदे सहमति भएको खबरमा उल्लेख छ ।

बैठकमा भएका सहमतिहरु भने सार्वजनिक गरेका छैनन् । बैठकमा भारतका विदेश मन्त्री जयशंकरले एलएसीमा जारी तनाव थप बढाउने पक्षमा भारत नरहेको र चीनसँगको भारत नीतिमा पनि कुनै परिवर्तन नरहेको बताएको बीबीसीले जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयले पनि दुई देश छिमेकी भएको नाताले केही मुद्दामा असहमति हुनु स्वभाविक रहेको तर त्यसलाई सही ढंगले समाधान गरिनुपर्ने पक्षमा चीन रहेको बताएको छ । सीमा क्षेत्रमा गोली नचलाउने सहमति भए पनि गएको हप्ता सीमा क्षेत्रमा गोली समेत चलेको खबरहरु सार्वजनिक भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस