पाटन अस्पतालमा एक जना कोरोना सङ्क्रमितको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र २६, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र २६, ललितपुर । ललितपुरको पाटन अस्पतालमा काठमाण्डौका कोरोना सङ्क्रमित पुरुषको ज्यान गएको छ । गएको बुधबारदेखि उपचार गराइरहेका काठमाण्डौका ६३ वर्षका पुरुषको गएराति ज्यान गएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ सय १८ पुगेको छ । अहिलेसम्म ८ लाख १० हजारको कोरोना परीक्षण हुँदा ५० हजार ४ सय ६५ जनामा कोरोना पुष्टि भएको छ ।

जसमध्ये ३५ हजार ७ सय निको भएका र १४ हजार ४ सय ४८ जना आइसोलेशनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ५ हजार ८ सय ६ जना भने क्वरेण्टीनमा बसेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस