चितवनकी ७८ वर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र २६, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र २६, चितवन । पुरानो मेडिकल कलेजमा उपचाररत एक वृद्धाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ कि ७८ वर्षीया महिला छिन् । दमको समस्याले यही भदौ २३ गते अस्पतालमा भर्ना भएकी उनको २४ गते अपराह्न उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको थियो ।

मृत्युपछि शुक्रबार बिहान आएको पीसीआर नतिजामा उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । यससँगै जिल्लाका अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको संख्या २४ पुगेको छ । एक वृद्धाको घरमा नै मृत्यु भएको थियो । चितवनका १४, मकवानपुरका पाँच, नवलपरासी बर्दघाट सुस्तापूर्वका तीन तथा बारा, गोरखा र कैलालीका एक÷एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस