कांग्रेसमा महाधिवेशन सार्ने र कार्यसमितिको म्याद थप्ने तयारी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ भाद्र २६, शुक्रबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र २६, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसको महामारीका कारण निर्धारित मितिमा १४ औं महाधिवेशन गर्न असम्भव रहेको भन्दै सार्ने तयारी गरेको छ । कांग्रेसले आगामी फागुन ७–१० गते काठमाडौंमा १४ औं महाधिवेशन गर्ने कार्यतालिका निर्धारण गरेको छ ।

फागुनमा महाधिवेशन हुन नसक्ने निश्चित भएकाले केन्द्रीय समिति बैठक बोलाएर सारी कार्यकर्तामा रहेको अन्योल चिर्नुपर्ने सिटौलाको भनाइ थियो । सभापति शेरबहादुर देउवाले महाधिवेशनका लागि तय गरिएको कार्यतालिका घर्किएपछि उपत्यका र विभिन्न स्थानमा भएको निषेधाज्ञाबीचमै भर्चुअल बैठक राखेर महाधिवेशनसम्बन्धी निर्णय गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

तर, नेता रामचन्द्र पौडेलले कोराना महामारीका कारण निषेधाज्ञा भएकै समयमा भर्चुअल बैठक राखेर महाधिवेशनसम्बन्धी छलफल गर्नु उपयुक्त नहुने भनेपछि रोकिएको थियो ।

बिहीबारबाट उपत्यकामा लकडाउन खुकुलो हुने संकेत पाएपछि सभापति देउवाले महाधिवेशनको कार्यतालिका र केन्द्रीय कार्यसमितिको म्याद थपबारे एजेण्डा राखेर केन्द्रीय कार्यसमिति बैठक असोज दोस्रो साताभित्र बोलाउने विषयमा नेता पौडेलसँग छलफल गरी मिति निर्धारण गर्न उपसभापति विमलेन्द्र निधिलाई जिम्मा दिएका छन् । निधिले यस विषयमा नेता पौडेलसँग कुराकानी गरिसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस