राजधानीमा ठूलो संख्यामा कोठा र सटर खाली: जताततै ‘टु लेट’ को नोटिस, घरबेटी तनावमा !

Post Thumbnail

भाद्र २६,काठमाडौँ । विश्वभर फैलिएको कोरोना महामारीले नेपाल पनि अछुतो रहन सकेन् । यतिबेला मुलकमा हजारौँ कोरोना संक्रमित छन् । व्यापार व्यवसाय चौपट बनेको छ । देशको राजधानी कोरोना महामारीभन्दा अघि खुब चहलपहल थियो । राजधानीका प्रत्येक घर÷सटर,कोठा भरिभराउ हुन्थे । एउटा कोठा खोज्न पनि एजेण्ट लागाउनु पर्ने अवस्था थियो । तर अब अवस्था फेरिएको छ ।

कोठा भाडामा बस्न होस वा व्यापार व्यवसाय गर्न सटर पाउनै मुस्किल हुने यहाँ अहिले ‘टु लेट’, ‘कोठा, फ्ल्याट खाली छ’ भन्ने सूचनाहरु जताततै देख्न पाइन्छ । कोरोना संक्रमणका कारण ४ महिना लामो लक डाउन र त्यसपछिको निषेधाज्ञाले उपत्यकामा घरहरु खाली भएका हुन् ।

कोरोनाले व्यापार व्यवसाय धरासायी बन्न थालेपछि सटरहरु खाली हुन थालेका छन भने अध्ययनका लागि उपत्यका आएका विद्यार्थी एवं अन्य कामले यहाँ रहेका नागरिकहरु गाउँ फर्किएपछि अहिले कोठा र फ्ल्याटहरु खाली भएका हुन् ।

यहीँ भएकाहरु पनि कम भाडा भएको घरमा सर्ने क्रम बढेको छ । यति मात्रै होइन काठमाडौंको बसाई टुंग्याएर गाउँ फर्किनेको संख्या पनि बढी छ । होटल, रेष्टुरेण्ट, होस्टलदेखि अधिकांश व्यवसाय गर्ने व्यबसायीले ब्यवसाय नै बन्द गरेर घर खाली गराएका छन् ।
कोरोनाका कारण सबै व्यवसाय धरमराएका छन् । राजधानीका २५ प्रतिशत भन्दा बढी साना व्यवसायी त गाँउमै छन् । झण्डै ७ महिनाको लकडाउन, निषेधाज्ञाले उनिहरुको सोच अब गाँउमै बस्ने र केही गर्ने बनिसकेको छ । केही मझौँला व्यवसायीको पनि .स्थिती डामाडोल छ ।

कति कोठा खाली भए भन्ने आधिकारिक तथ्याङ्क नभएपनि कोठा खाली भएका धेरै सूचनाहरु घर, पसल र सार्वजनिक स्थलमा टाँसिएको देखिन्छ ।

काठमाडौं अनामनगरका एक घरधनी उपत्यका भरी नै एकनासको समस्या रहेको बताउँछन् । अनामनगर क्षेत्रमा मात्रै नभएर उपत्यका भरी नै सटर र फ्ल्याटहरु ठूलो संख्यामा खाली भएको उनको भनाइ छ ।

कोरोना नियन्त्रणमा आएपछि बाहिरबाट आउने क्रम सुरु नहुँदासम्म यहाँका घरधनीहरुले ठूलो समस्या भोग्नुपर्ने अवस्था आएको उल्लेख गर्दै उनले लकडाउन र निषेधाज्ञाको विकल्प खोज्नुपर्ने बताए ।

अहिले काठमाडौँका जुनसुकै स्थानमा पुगे पनि घर खाली रहेको सूचनाहरु टाँसेको देख्न सकिन्छ । भाडामा बस्नेहरुको संख्या घट्दै घएपछि ऋण काढेर घर बनाएकाहरुलाई भने समस्या देखिएको छ । कोठाभाडा नै आम्दानीको स्रोत भएका घरधनीहरुलाई बैंकको किस्ता तिर्न र दैनिक गुजारा गर्न समेत समस्या देखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस