झापाको मेचीनगरमा जंगली हात्ती मृत फेला

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ भाद्र २१, बिहिबार (५ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

भाद्र २१, झापा । झापाको मेचीनगर नगरपालिका ९ मागुरमाडीमा जंगली हात्ती मृत फेला परेको छ।

जिल्ला वन कार्यालय झापाका प्रमुख बोधराज सुवेदीका अनुसार धान खेतको आहालमा धसिएको अवस्थामा एउटा जंगली हात्ती परेको हो।

बिहीबार बिहान स्थानीयबासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए। भारततिरबाट आउने जंगली हात्तीले झापाको मेचीनगर ठूलो नोक्सानी गर्ने गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस