एस्ट्राजेनेकाले अक्सफोर्डसँग मिलेर बनाइरहेको खोपको परीक्षण पुनः सुरू

भाद्र २८,काठमाडौँ । एस्ट्राजेनेकाले अक्सफोर्डसँग मिलेर बनाइरहेको खोपको परीक्षणमा सहभागी एक जना विरामी भएपछि रोकिएको परीक्षण पुनः सुरू भएको छ। रोयटर्समा प्रकाशित समाचारका अनुसार एस्ट्राजेनेकाले शनिबार खोप अनुगमनकर्ताबाट अनुमति पाएपछि परीक्षण पुनः सुरू भएको जनाएको छ।

एस्ट्राजेनेकाले बनाइरहेको यो खोप हाल बनिरहेका अन्य खोप तुलनामा प्रभावकारी रहेको मानिदैं आइएको छ। ‘सेप्टेम्बर ६ मा खोप जाँचको स्वतन्त्र कमिटी र स्वतन्त्र अन्तर्राष्ट्रिय निमायकहरूले दिने सुरक्षा तथ्यांक समीक्षाको अनुमति कुर्दा संसारभरको परीक्षण केही समय रोक्नुपरेको हो’ एस्ट्राजेनेकाले भनेको छ।

एस्ट्राजेनेकाले बेलायतको मेडिसिन हेल्थ रेगुलेटरी अथोरिटी९एमएचआरए०का सुरक्षा समीक्षकहरूले ब्रिटिस परीक्षण सुरू गर्न सिफारिस गरेको बताएको छ।

परीक्षणमा सहभागी ती व्यक्ति ट्रान्सभर्स मायेलिटिस भनिने दुर्लभ मेरुदण्डको इन्फ्लेमेटरी डिसअर्डरसँग सम्बन्धित न्यूरोलॉजिकल लक्षणबाट पीडित भएको बताइएको छ।

एस्ट्राजेनेकाले यसका बारेमा थप चिकित्सकीय खुलासा गर्न नसकिने जनाएको छ। यसैगरी उसले संसारभरका परीक्षण पुनः कहिले सुरू हुनेछ भन्ने बारेमा उसले विस्तृत जानकारी दिएको छैन्।

सेरम इन्सिट्यूट अफ इण्डियाले सरकारबाट अनुमति मिल्नेबित्तिकै परीक्षण पुनः सुरू गर्ने जनाएको छ भने ब्राजिलले बेलायतको अनुमति कुरिरहेको बताएको छ।

विश्व स्वास्थ्य संगठनले यो खोपलाई सबैभन्दा आशा गर्न सकिने खोप बताउँदै आएको छ। गत वर्षबाट सुरू भएको कोरोना महामारीबाट संसारमा हालसम्म ९ लाख मानिसहरूको ज्यान गइसकेको छ।

अमेरिका, बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा यो खोपको अन्तिम चरणको चिकित्सकीय परीक्षण चलिरहेको छ भने जापान र रसियामा पनि परीक्षण गर्ने योजना छ।

संम्बन्धित समचार

Leave a Reply