आज कुलमान घिसिङ विदाइको तयारी, कार्यकाल दोहोरिने सम्भावना कति ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र २८, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र २८, काठमाण्डौ । आज नेपाल विद्युत प्राधिकरणको नयाँ कार्यकारी निर्देशकको सरकारले टुङ्गो लगाउँदैछ । हालका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आजै सकिने भएकोले आज बस्ने मन्त्रिपरिषद बैठकले नयाँ कार्यकारी निर्देशकको टुङ्गो लगाउने भएको हो । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान चार वर्षे कार्यकाल सकेर सोमबार बिदा हुन लाग्नुभएको हो ।

कुलमानको कार्यकाल सकिनै लाग्दा प्राधिकरणमा नयाँ प्रमुख को बन्छ भन्ने चासो विगत तीन सातादेखि नै बढेको छ। सरकारले गरिरहेको आलटालले पनि चासो अझ बढेको छ । यता बहुमत जनता कुलमानलाई नै पुनः निरन्तरता दिनुपर्ने पक्षमा रहेका छन् । तर प्रधानमन्त्री केपी शर्मा ओली भने कुलमानको विकल्पको खोजीमा रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस