(अपडेट) सिन्धुपाल्चोक बाह्रबिसे पहिरो : ७ जनाको शव भेटियो, २४ अझै बेपत्ता !

भाद्र २८,सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ मा पहिरो जाँदा बेपत्ता भएकामध्ये सात जनाको शव फेला परेको छ । बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका अनुसार आइतबार बिहान पहिरो जाँदा बेपत्तामध्ये सात जनाको शव फेला परेको हो । पहिरोमा अझै २४ जना हराइरहेको शेर्पाले बताए । शेर्पाका अनुसार उक्त वडाको नाकचुच्चे भन्ने ठाउँबाट पहिरो गएको हो । नाकचुच्चेबाट बर्खर्कसम्म ठाउँ(ठाउँमा पहिरो गएको छ ।

माथि भीर र तल खेत भएको ठाउँमा पहिरो गएको उनले बताए । यसअघि पनि पहिरो जाँदा सम्भावित ठाउँहरू आँकलन गरी सुरक्षित गरिएको थियो । तर, सम्भावना नआँकिएको ठाउँमै पहिरो गएको शेर्पाले बताए । उनका अनुसार पहिरोमा १६ घर क्षतिग्रस्त छन् । घाइते तीन जनालाई एम्बुलेन्समा राखेर उपचारका लागि काठमाडौं पठाइएको छ । प्रहरीले भेटिएका शवहरूको पहिचान गरिरहेको छ। बेपत्ता भएकाहरूको प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेको छ।

संम्बन्धित समचार

Leave a Reply