भाद्र २८,काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि सोल्टी होटलस्थित आइसोलेसनमा बसेका मेयर शाक्य आइतबार अपरान्ह भोटेबहालस्थित निजी निवासमा फर्किएका हुन् ।
उनी श्रीमतीसँगै आइतबार घर फर्किएका थिए । भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमै बसेको बताएका थिए । यद्यपि उनी सोल्टी होटलको आइसोलेसनमा बसेको महानगरपालिका स्रोत बताउँछ ।
शाक्यको सचिवालय स्रोतले उनी कोरोना संक्रमणमुक्त भएको र केही दिनमा नियमित काममा फर्किने जानकारी दिएको छ ।