राष्ट्रिय क्रिकेटर ललित भण्डारी खतरामुक्त

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ भाद्र २९, सोमबार (३ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

भाद्र २९,काठमाडौँ । आइतबार दुर्घटनामा परेर गम्भिर घाइते भएका नेपाली राष्ट्रिय क्रिकेटर ललित भण्डारी खतरामुक्त भएका छन् ।

धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रकले भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा क्रिकेटर भण्डारीसहित उनको नातेदार करन ठगुन्ना पनि घाइते भएका थिए । दुर्घटनापछि गम्भीर घाइते भएका भण्डारीको शुक्लाफाटा क्लिनिकमा प्राथमिक उपचारपछि धनगढीकै निसर्ग अस्पतालमा लगिएको थियो । धनगढीबाट आइतबार राति नै उनलाई नेपालगन्जको कोहलपुर मेडिकल कलेज रिफर गरिएको थियो ।

भण्डारीको अहिले कोहलपुरमा उपचार भइरहेको छ । उनको हात र खुट्टा फ्याक्चर भएको छ । अहिले उनको अवस्था सामान्य रहेको राष्ट्रिय टिमका अलराउण्डर पारस खड्काले जनाएका छन् । पारसले उनी अहिले खतरामुक्त रहेको र सामान्य अवस्थामा रहेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

‘ललित भण्डारी अहिले कोहलपुर मेडिकल कलेज हस्पिटलमा छन् र उनको कन्डिसन स्टेबल छ । उनी अहिले खतरामुक्त छन् । डाक्टरको भनाइअनुसार हात र खुट्टाको अपरेसन गर्नुपर्नेछ,’ पारसले लेखेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस