उर्जामन्त्री पुन भ्रमण : बङ्गलादेश सरकारले नेपालबाट ९ हजार मेगावाट बिजुली खरिद गर्ने !

भाद्र २१,काठमाडौँ । बङ्गलादेश सरकारले नेपालबाट ९ हजार मेगावाट बिजुली खरिद गर्ने भएको छ । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन बङगलादेश भ्रमणमा रहेका बेला बङ्गलादेशले यस्तो योजना सार्वजनिक गरेको हो ।

उसले २०४० भित्र ९ हजार मेगावाट नेपालबाट बिजुली खरिद गर्ने योजना अघि सारेको हो । बङगलादेशको पावर, उर्जा र मिनरल रिसोर्स मन्त्रालय अन्र्तगतको पावर डिभिजनले सार्वजनिक गरेको योजनामा नेपालबाट २०४० भित्र ९ हजार मेगावाट बिजुली आयात गर्ने उल्लेख छ ।

ढाकामा बिहिबारबाट सुरु भएको पावर एण्ड इनर्जी विक सम्मेलनको उद्घाटन समारोहमा बोल्दै बङगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपालबाट विजुली आयात गर्ने योजना अघि बढेको भन्दै छिट्टै त्यसले मुर्त रुप पाउने दाबी गरिन् ।
नेपाल र बङगलादेशबीच गत १० अगस्टमा इनर्जी को–अपरेशनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । नेपालका उर्जामन्त्री बर्षमान पुन र बङगलादेशका उर्जामन्त्री नसरुल हमिदले उक्त समझदारीमा हस्ताक्षर गरेका थिए ।

उर्जामन्त्री पुनले नेपालमा उत्पादित बिजुलीको लागि बजारको समस्या नपर्ने भन्दै नेपालको जलविद्युत क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गर्दै आएका छन् ।

संम्बन्धित समचार

Leave a Reply