रुपन्देहीमा दुईजना कोरोना संक्रमितको मृत्यु

भाद्र २९,काठमाडौँ । रुपन्देहीमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ।  जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा उपचाररत् कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ५ का २ जनाको मृत्यु भएको हो।

कार्यालयका कोरोना फोकल पर्सन केदारनाथ शाहले भीम अस्पतालमा उपचाररत शिवराज ५ का ५८ वर्षीय पुरुष र वडा नम्बर ५ कै ४७ वर्षीय महिलाको बुटवलमा मृत्यु भएको जानकारी दिए।

यही भदौ २३ गते स्वास्थ्यमा समस्या देखिएपछि भीम अस्पतालको आइसोलेशनमा उपचारका लागि भर्ना भएका पुरुषको स्वास्थ्य गम्भीर बन्दै गएपछि ३ दिनअघि आइसीयूमा राखेर उपचार गरिदैं आइएको थियो। पछिल्लो समय बुटवलको बेलवासमा बस्दै आएका उनमा दमको समेत समस्या देखिएको थियो।

आइतबार राती साढे १० बजे उनको मृत्यु भएको शाहले बताए। यस्तै कपिलवस्तु शिवराज नगरपालिका वडा नं ५ कै ४७ वर्षीया महिलाको उपचारका क्रममा सोमबार बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिए।

भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएकी थिइन्। मिर्गौलाको समेत समस्या रहेकी उनले नियमित डायलाईसिस् गराउँदै आएकी थिइन्।

कोरोना विशेष अस्पतालको आईसियुमा उपचार भइरहेकोमा रातीदेखि अवस्था गम्भीर भएको र बिहान मृत्यु भएको थापाको भनाइ छ।

संम्बन्धित समचार

Leave a Reply