तीन निर्माण व्यवसायी कालोसूचीमा : एक वर्षका लागि कालोसूचीमा ओम्‍नी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र २९, सोमबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

भाद्र २९, काठमाण्डौ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले समयमै करार सम्पन्न गर्न नसकेको भन्दै तीन निर्माण व्यवसायीलाई कालोसूचीमा रहेको छ । कार्यालयले स्वास्थ्य सामग्री खरिदको जिम्मा पाएर विवादित बनेको ओम्नी समूह ओबिसीआइलाई कालोसूचीमा राखेको छ । ओम्नीले स्वास्थ्य सामग्री आपूर्ति गर्ने जिम्मा पाएर पनि समयमै सम्पन्न गर्न सकेको थिएन ।

समयमै आपूर्ति गर्न नसकेपछि ठेक्का रद्द गरेको स्वास्थ्य सेवा विभागले ओम्नीलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको थियो । विभागको सिफारिसअनुसार कार्यालयले १ वर्षका लागि कालोसूचीमा राखेको हो । यो अवधिमा ओम्नीले कुनै पनि टेन्डरमा सहभागी हुन पाउने छैन । कार्यालयले अरुण कन्स्ट्रक्सनलाई पनि १ वर्षका लागि कालोसूचीमा राखेको छ । त्यस्तै वीटीर टौदह र फस्कु जेभीलाई पनि २ वर्षका लागि कालोसूचीमा राखेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस