डाक्टर केसीले जुम्लाबाट सुरू गरे १९ औं सत्याग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र २९, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र २९, काठमाण्डौ । चिकित्सा शिक्षामा सुधारको माग राख्दै डाक्टर गोविन्द केसी जुम्लामा अनशन बसेका छन् । जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको वाविरा मन्दिरमा उनको १९ औं सत्याग्रह जुम्लामा सुरु भएको हो । नेपालीहरुको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र सरकारविरुद्ध जुम्लामा १९ औं सत्याग्रह सुरु गरेको डा.गोविन्द केसीले बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस लगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश नम्बर २ र गण्डकी प्रदेश तथा डोटी, डडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिया अघि बढाउनु पर्ने उनका मागहरु रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस