(अपडेट) सिन्धुपाल्चोक पहिरोः थप दुई जनाको शव फेला, मृतकको संख्या १३ पुग्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र २९, सोमबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

 

भाद्र २९, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ भिरखर्क र नाकुचेमा गएको पहिरोमा पुरिएका थप दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब निरीक्षक (डिएसपी) प्रकाश सापकोटाका अनुसार सोमबार बिहान थप दुई जनाको शव फेला परेको हो ।
भिरखर्कका २२ वर्षीय कुमार विक र २१ वर्षीय सोनिया विकको सोमबार शव फेला परेको हो । उनीहरूको शव परिवारले बुझिसकेको डिएसपी सापकोटाले बताए ।

योसँगै सिन्धुपाल्चोकमा गएको पहिरोमा पुरी मृत्यु हुनेको संख्या १३ पुगेको छ भने अझै १८ जना बेपत्ता छन् । आइतबार मृत्यु हुनेमा ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ६० वर्षीया सर्किनी नेवार, २३ वर्षीया जुनु विक, २४ वर्षीय सुकलाल विक र ८ वर्षीय सन्देश विक छन् । त्यस्तै, ६५ वर्षीय धनलाल नेवार, ६० वर्षीय हिरामाया नेवार, ९८ वर्षीय ल्याक्सी शेर्पा, ४२ वर्षीया ज्ञानीमाया प्रधान, ५ वर्षीया सरस्वती विक र २५ वर्षीय करण बहादुर श्रेष्ठ छन् ।

यस्तै बागलुङमा सोमबार बिहान पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । जैमिनी नगरपालिका १ टुनिबोटमा पहिरो जाँदा ६१ वर्षीय हरिकृष्ण पौडेलको मृत्यु भएको मेयर इन्द्रराज पौडेलले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस