आज थपिएका कोरोना संक्रमित कुन-कुन जिल्लाका हुन् ? (जिल्लागत बिवरण हेर्नुहोस्)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र २९, सोमबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र २९,काठमाडौं । नेपालमा कोरोना भाइरस ‘कोभिड – १९’ बाट थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ५ महिला र १० पुरुष जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाडौंमा एक महिला सहित ६ जना गरी उपत्यकाभित्र ८ जनाको मृत्यु भएको छ ।

काठमाडौंमा एकजना ६१ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै ७७, ६२, ७३, ८५ र ७० वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यस्तै ललितपुरमा ५५ र भक्तपुरमा ७३ वर्षिय पुरुष तथा रामेछापमा २३, मोरङमा ४० र ७० वर्षिय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको उनले बताए । यस्तै गोरखामा ६३, नवलपरासीमा ६२, पर्सामा ५५ र कपिलवस्तुमा ४७ वर्षिया महिलाको मृत्यु छ । योसँगै नेपालमा आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ६० पुगेको छ ।

आज देशभरी १ हजार १ सय ७० जना कोरोना भाइरस ‘कोभिड – १९’ का संक्रमित थपिएका छन् । १० हजार ८ सय ७८ पीसीआर परीक्षण भएकोमा ३ सय ९९ महिला र ७ सय ७१ जना पुरुषमा संक्रमण देखिएको छ । काठमाडौंमा ४ सय ४०, भक्तपुरमा ४३ र ललितपुरमा २९ जनामा संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या १५ हजार ३ सय ९३ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ३ सय ३७, प्रदेश नम्बर २ मा ९ सय ३३, बाग्मती प्रदेशमा ४ हजार १ सय र गण्डकी प्रदेशमा ८ सय १४ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय ५२, कर्णाली प्रदेशमा २ सय ७८ र सुदूरपश्चिम प्रदेशमा ४ सय ४ जना गरी देशभरी संस्थागत आइसोलेसनमा ८ हजार १ सय १८ जना संक्रमित रहेका छन् ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार १ सय १७, प्रदेश नम्बर २ मा १ हजार ५४, बागमती प्रदेशमा ३ हजार ८ सय ७ र गण्डकी प्रदेशमा १ सय ८२ जना रहेका छन् । यसैगरी प्रदेश नम्बर ५ मा ७ सय ७८, कर्णाली प्रदेशमा ९४ र सुदूरपश्चिम प्रदेशमा २ सय ४३ जना गरी देशभरी ७ हजार २ सय ७५ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । आज आइसियुमा देशभरी १ सय ७९ र भेन्टिलेटरमा २९ जना संक्रमित उपचाररत रहेका छन् ।

आज ८ सय ७९ जना संक्रमणमुक्त भएरका छन् । आजसम्म प्रदेश नम्बर १ मा ३ हजार ८ सय ८५, प्रदेश नम्बर २ मा ११ हजार ५६, बागमती प्रदेशमा ७ हजार ८ सय १९ र गण्डकी प्रदेशमा २ हजार २ सय ७० जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार ५ सय, कर्णाली प्रदेशमा २ हजार ५ सय २५ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ९ सय २१ जना गरी आजसम्म ३९ हजार ५ सय ७६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ । यो कुल संक्रमितको ७१।५ प्रतिशत हो । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ६ हजार ८९२ जना रहेका छन् । यस्तै काठमाडौंसहित, मोरङ, सुनसरी, सर्लाही, चितवन, ,भक्तपुर र रुपन्देही गरि ७ वटा जिल्लामा ५ सय बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार सोलुखुम्बु, मनाङ,मुस्ताङ, म्याग्दी,डोल्पा, हुम्ला, मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् । नेपालमा हिजो आईतवार नेपालमा १ हजार ३९ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार १७३ जना संक्रमणमुक्त भएका थिए भने ९ जनाको मृत्यु भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस