भारतले निर्यात रोकेको भोलिपल्टै प्याजको मूल्य किलोमा १५ रुपैयाँ बढ्यो !

 

भाद्र ३०, काठमाण्डौ । भारतले प्याज निर्यातमा रोक लगएको भोलिपल्ट नै प्याजको मूल्य किलोमा १५ रुपैयाँ बढेको छ । कालिमाटी तरकारी तथा फलफूल बजारको थोक मूल्यसूचीअनुसार भारतीय सुकेको प्याजको मूल्य किलोमै २५ प्रतिशत मूल्यबृद्धि भएको हो ।

भदौ २९ गते किलोको औषत मूल्य ६० रुपैयाँ रहेको देशकै ठूलो तरकारी बजारमा आज बढेर ७५ रुपैयाँ पुगेको बजारले जानकारी दिएको छ । उपभोक्ता मूल्यो यो भन्दा धेरै बढेको छ । उपभोक्ता मूल्य काठमाडौंका विभिन्न ठाउँमा फरकफरक मूल्य हुने गरेको छ ।

भारतको केन्द्रीय सरकारले सोमबारमात्र प्याजको निर्यातमा प्रतिबन्ध लगाएको थियो। अस्वाभाविक मूल्य वृद्धि भएपछि प्याज निर्यातमा भारतीय सरकारले रोक लगाएको बताइएको थियो।

संम्बन्धित समचार

Leave a Reply