पर्यटकियस्थल धादिङ थाक्रेको रानी झरना, जहाँ बन्दैछ मिनी लुम्बिनी ! (फोटोफिचर)

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७७ भाद्र ३१, बुधबार (४ साल अघि)
  • ११० पटक पढिएको
Post Thumbnail

भाद्र ३१, धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नम्ब ६ मा पर्ने रानी झरनाको महत्व बढ्दै गएको छ । सुरुका दिनमा खासै प्रचार नभएको यस झरनामा अहिले भने टाढाबाट पनि पर्यटकहरु झरना हेर्न पुग्न थालेका छन् । काठमाडौंबाट करिव ४० किलोमिटरको दुरीमा रहेको यस रानी झरनामा अहिले आकर्षक मुर्तिहरु देखि बाटो पनि राम्रो बनाईएको छ । थाक्रे गाउँपालिका महादेवबेशिबाट करिव एक घण्टाको पैदल यात्रा तथा आधा घण्टा सवारी यात्रा पछि यस झरनाको माथिल्लो भागमा पुग्न सकिन्छ ।

यहाँ अहिले मिनी लुम्बिनी भनेर पर्यटकिय स्थल निर्माण भईरहेको छ । गौतम बुद्ध जन्मिएका लुम्बिनीकै आकारमा अहिले त्यहाँ निर्माणको काम भईरहेको छ । बिभिन्न संस्था तथा गाउँपालिकाको साथमा यो पर्यटकिय स्थलको निर्माणको काम भईरहेको हो ।

बन्दै गरेको मिनी लुम्बिनीबाट केहि तल झरेपछि झरना भएको ठाउमा पुग्न सकिन्छ । त्यहाँ झरना देखि बिभिन्न आकृतिमा कुँदिएका मुर्तिहरु पनि देख्न सकिन्छ । एक पटक पुग्नै पर्ने यस झरनामा जो कोही पनि मन्त्रमुक्त हुने गर्दछन् ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस