निषेधाज्ञा हटेपछि कलङ्की-नागढुङ्गा सडक मर्मत सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र ३१, बुधबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

भाद्र ३१, काठमाडौं । गत वर्ष निर्माण सम्पन्न भएको कलङ्की त्रिपुरेश्वर(नागढुङ्गा सडकमा मर्मतको काम भइरहेको छ । निर्माण सम्पन्न भएको १३ महिनासम्म निर्माण कम्पनीले नै मर्मत गर्नुपर्ने भएकाले सोहीअनुसार मर्मत भइरहेको हो ।

त्रिपुरेश्वरदेखि कलङ्कीसम्मको मर्मत भइसकेकाले कलङ्कीदेखि नागढुङ्गा खण्डमा मर्मत भइरहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । आयोजना प्रमुख गुरु अधिकारीका अनुसार निर्माण सम्पन्न भएपछिको १३ महिनासम्ममा जुनजुन कम्पनीले सडक निर्माण गरेको हो, समस्या आउँदा उसैले मर्मत गर्नुपर्छ ।

यो सडक उपत्यकाको विस्तारित सडकमध्ये सबैभन्दा पहिले निर्माण सकिएको सडक हो । पाँच वर्षपहिले नै सडक विस्तारका लागि ठेक्का सम्झौता भए पनि सडकसँगै घर भएका स्थानीयवासीको अवरोधका कारण दुई वर्षसम्म निर्माण ठप्प थियो । रासस

ताजा अपडेट

खोजी गर्नुहोस