निर्मला हत्या प्रकरण : छानबिन समिति भन्छ–’प्रहरी प्रमुख दोषी’

भाद्र २२,काठमाडौँ । निर्मला पन्तको बलात्कारपश्चात हत्याको घटनामा प्रहरीको लापर्वाही देखिएको उच्चस्तरीय छानबिन समितिका संयोजक हरिप्रसाद मैनालीले बताएका छन ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी उच्चस्तरीय छानबिन समितिका संयोजक हरिप्रसाद मैनालीले निर्मलाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धानको पाटोलाई छोडेर लापर्वाही गरेको देखिएको बताएका हुन ।

उनले निर्मलाको बलात्कारपश्चात हत्याको घटनालाई लिएर कञ्चनपुरमा भएको आन्दोलन बिना कारण नभएको भन्दै यसमा कतै न कतै प्रहरीको दोष भएको बताए। ‘हिजोको त्यो अवस्था त्यसै आएको होइन’, मैनालीले भने , ‘त्यसमा प्रहरीको त्रुटी देखिएको छ ।’

उनले जनताले आन्दोलनमा होमिनुपर्ने अवस्था आउनुको पछाडि प्रहरीले सही रुपले अनुसन्धान नगरेको भेटिएको बताए । ‘प्रहरीले अनुसन्धानलाई जुन तरिकाले गर्नुपथ्र्यो त्यस्तो गरेको देखिँदैन’, मैनालीले भन्नुभयो, ‘शंकास्पद पाटोलाई बेवास्ता गरेकाले नै घटनाले गम्भीर रुप लिएको हो ।’

उनले अनुसन्धानका क्रममा आफूहरु यस्ता थुप्रै तथ्यहरु फेला पारेको बताउँदै टोलीले प्रहरीको नयाँ अनुसन्धान टोलीलाई प्रमाण तथा तथ्यहरुका बारेमा बताएको जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Reply