मिथिलाञ्‍चल जोड्ने कोसी महासेतु रेल सेवा मोदीद्धारा उद्घाटन

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ आश्विन २, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज २, काठमाण्डौ । नेपालको रेल जनकपुर आइपुगेकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहारस्थित सुपौलबाट चल्न कोसी रेल महासेतुको उद्घाटन गरेका छन् । बिहारमा चुनावी माहोल तातिरहेका बेला मोदीले रेल सेवा उद्घाटन गरेर त्यहाँका क्षेत्रीय दलको भोट भाजपातिर तान्‍ने कोसिस गरेका छन् ।

बिहारमा हुन लागेको विधानसभा चुनावको ठीक पहिले केन्द्र सरकारले कयौँ नयाँ परियोजनाको उद्घाटन गरेर त्यहाँका जनतालाई फकाउन खोजेको हो । यसै क्रममा शुक्रवार प्रधानमन्त्री मोदीले मिथिलाञ्‍चल जोड्ने कोसी रेल महासेतुको उदघाटन गरेका हुन् । यस कार्यक्रममा बोल्दै बिहारका मुख्यमन्त्री नितीश कुमारले अटल बिहारी बाजपेयीको कार्यकालमा सुरु भएको कार्यक्रम मोदी सरकारको पालामा पूरा भएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस