नेपालमै पहिलोपटक काठमाडौँबाट रामेछाप हिड्यो लामो दूरीको बिजुली बस !

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७७ आश्विन २, शुक्रबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज २, काठमाण्डौ । बिजुलीबाट चल्ने लामो दूरीको मिनिबस सेवा शुक्रबारबाट सञ्चालनमा आएको छ । भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनीले पहिलोपटक लामो दूरीमा बिजुली बस सञ्चालनमा ल्याएको हो । काठमाडौँबाट रामेछापको जिल्ला सदरमुकाम मन्थलीसम्म दैनिक रुपमा सञ्चालन गर्ने गरी आजबाट सेवाको सुरुवात भएको हो । पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सेवाको सुरुवात गरेका हुन् । सेवा शुभारम्भ भएसँगै कोटेश्वरबाट आज दुईवटा बिजुली मिनी बस मन्थलीतर्फ हिडेका छन् ।

बीस सिट क्षमताका ती मिनी बस एनबी ग्रीनटेक इन्टरनेशनल प्रालिले चीनबाट ल्याएको हो । कम्पनीका प्रबन्ध निर्देशक नेमकृष्ण मानन्धरका अनुसार मिनी बसमा ८६ किलोवाट घण्टा लिथियम ब्याट्री, पिक पावर ११० किलोवाटको इलेक्ट्रिक मोटर, एयर कण्डिशनर, मोवाइल चार्जर, एयर ब्याग र फोल्डिङ सिट रहेका छन् । गाडीको अधिकतम् गति ११० किलोमिटर प्रतिघण्टा रहेको छ । बस सञ्चालक कम्पनी भवलक्ष्मीका निर्देशक ऋतुप्रसाद चौलागाईंले आफ्नै देशमा उत्पादित बिजुलीको खपत बढाउन र आयातित इन्धन प्रतिस्थापनमा यी बसले योगदान पुर्याउने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस