भारतमा कोरोना संक्रमितको संख्या ५३ लाख नाघ्यो, एकैदिन ९२ हजारमा संक्रमण !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन ३, शनिबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

 

असोज ३, काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ५३ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ९२ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । शनिबार भारतमा ९२ हजार ७८९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५३ लाख ५ हजार ४५७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ४२ लाख ५ हजार २०१ जना संक्रमणमुक्त भएका छन् भने १० लाख १४ हजार ६४९ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार २२१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ८५ हजार ६२५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस