आइपिएल क्रिकेट आजदेखि सुरु, उद्‍घाटन खेलमा मुम्बई र चेन्‍नई भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ आश्विन ३, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज ३, काठमाडौं । यस संस्करणको इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट शनिबारदेखि यूएईमा सुरु हुँदै छ । भारतमा कोरोना महामारीका कारण प्रतियोगिता आयोजना गर्न सम्भव नभएपछि यस संस्करणको आइपिएल केही ढिलागरी भएपनि यूएईमा खेलाइने तय भएको थियो । प्रतियोगिताको उद्‍घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सले चेन्‍नई सुपर किङ्सको सामना गर्दै छ । सर्वाधिक चारपटकको विजेता मुम्बईको कप्तानी रोहित शर्माले गर्नेछन् भने तीनपटको विजेता चेन्‍नईको कप्तानी महेन्द्रसिंह धोनीले गर्दैछन् । खेल नेपाली समयअनुसार बेलुका पोने ८ बजे सुरु हुनेछ ।

गत संस्करणको फाइनलमा यी दुवै टोली खेलेका थिए जसमा मुम्बईले एक रनको रोमाञ्‍चक जीत हात पार्दै चौथोपटक उपाधि उचाल्न सफल भएको थियो । आइपिएलका १२ वटा सिजनहरुमा मुम्बईले ४ पटक तथा चेन्‍नईले तीनपटक उपाधि जित्दा कोलकाता नाइट राइडर्सले दुई पटक तथा डेक्कान चार्जर्स राजस्थान रोयल्स र सनराइजर्स हैदराबादले एक(एकपटक उपाधि जितेका छन् । किङ्स इलाभेन पञ्‍जाव, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्गलोरले भने उपाधि जित्‍न सकेका छैनन् । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने यसपटक पनि दिल्ली क्यापिटल्सको टोलीमा रहेका छन् । उनी आबद्ध दिल्लीको खेल आइतबार किङ्स इलाभेन पञ्‍जावसँग रहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस