दसैँका लागि सुपथ पसल सञ्चालन र संयुक्त अनुगमनको गृहकार्य

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ आश्विन ३, शनिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज ३, काठमाण्डौ । नजिकिँदै गरेको दसैँ–तिहारमा हुन सक्ने कृत्रिम अभाव, मूल्यवृद्धि र सिन्डिकेटलाई नियमन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुपथ पसल सञ्चालन र विभिन्न अनुगमनकारी निकायको संयुक्त बजार अनुगमन गर्ने गृहकार्य अघि बढाएको छ । मन्त्रालयमा बिहीबार वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित बैठकले १५ असोजपछि संयुक्त बजार अनुगमन थाल्ने प्रारम्भिक निर्णय गरेको हो । बैठकमा सचिव अर्यालले सहुलियत पसललाई निरन्तरता दिने, दैनिक उपभोग्य वस्तुको मौज्दात विवरण संकलन गरी सार्वजनिक गर्ने र बजार अनुगमनलाई प्रभावकारी बनाउन कार्ययोजनासहित आगामी बैठकमा आउन निर्देशन दिएका थिए ।
बैठकमा सहभागी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले १५ असोजपछि बजार अनुगमनका टोली परिचालन हुने बताए । उनका अनुसार महानगरपालिका, प्रदेश सरकार र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई चाडपर्वका वेला सक्रिय बनाइनेछ । त्यस्तै, मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले दसैँ लक्षित सुपथ पसल सञ्चालनको योजना बनिरहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस