काठमाण्डौको रानीपोखरीमा धमाधम पानी भरिँदै

असोज ३, काठमाण्डौ । काठमाण्डौको रानीपोखरीमा धमाधम पानी भरिँदैछ । अहिलेसम्म झण्डै २ करोड लिटर पानी पोखरीमा हालिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणको आग्रहमा बाग्मती खानेपानीले पानी राखेको प्राधिकरणका सम्पदा विज्ञ एवं रानीपोखरीको पुनर्निर्माण हेर्दै आएका राजुमान मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार रानीपोखरीमा ३ करोड २२ लाख लिटर पानी भर्नुपर्नेछ ।

निरन्तर पानी खसाल्ने काम भैरहेको र भोली बेलुकासम्म भरिने मानन्धरले जानकारी दिनुभयो । पोखरीको पिँध र पानी रहने पर्खालको काम सकिएसँगै पानी भर्न मिल्ने भएको हो । रानीपोखरी पुनर्निर्माण अन्तर्गत पोखरीको पीँधमा कालो माटो र इँटा ओछ्याइएको छ । त्यस्तै पानी रहने भागमा पर्खाल निर्माण गरिएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत पोखरीको पीँध र पानी रहने भागको पर्खाल निर्माणको काम गराएको हो । विसं २०७५ फागुनमा गठन गरिएको उपभोक्ता समितिले पोखरीको सतह र वरिपरिको पर्खालमा १५ देखि १८ इञ्च कालो माटो हालेर त्यसमाथि इँटा ओछ्याएको हो ।

संम्बन्धित समचार

Leave a Reply