आज थपिएका कोरोना संक्रमित कुन-कुन जिल्लाका हुन् ? 

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन ३, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

 

असोज ३, काठमाडौँ । नेपालका शनिबार १ हजार २ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७ सय ९७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ओखलढुंगाका ३, खोटाङका १, झापाका ३, मोरङका २२, सुनसरीका २३, धनुषाका २, पर्साका ६, बाराका १११, महोत्तरीका १, रौतहटका २, सप्तरीका १९, सर्लाहीका १५, सिरहाका ८, काठमाडौँका ५७०, काभ्रेका १४, चितवनका ७, दोलखाका ५, धादिङका १३, नुवाकोटका ४, भक्तपुरका ८३, मकवानपुरका १८, रामेछापका ९, ललितपुरका ५८ र सिन्धुपाल्चोकका ४ जनामा कोरोना भाइरस पुष्टि भएको छ।

 

यस्तै सिन्धुलीका ७, कास्कीका १३, गोरखाका ४, तनहुँका ५, नवलपरासीपूर्वका ४५, पर्वतका २, लमजुङका ५, स्याङ्जाका ३, अर्घाखाँचीका ३, कपिलवस्तुका ३, दाङका २८, नवलपरासीका १, पाल्पाका २, प्यूठानका १, बर्दियाका ४, बाँकेका २०, रुपन्देहीका १, दैलेखका २, सुर्खेतका ३, कञ्चनपुरका २, कैलालीका ८, डडेल्धुराका ३, दार्चुलाका २१ र बैतडीका ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

सोलुखुम्बु, रसुवा, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्लामा कोरोना संक्रमितको संख्या शून्य रहेका छ। यस्तै मोरङ, सुनसरी, सिरहा, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

मन्त्रालयका अनुसार हाल १ सय ७९ जना कोरोना संक्रमितको आईसीयु र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस