नेपालले किनेको भनिएको रेल उपहारमा दिईएको भारतको दावी

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७७ आश्विन ४, आईतबार (३ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

असोज ४, काठमाण्डौ । नेपाल सरकारले किनेको भनिएको रेल आफुले दिएको भारतले दाबी गरेको छ । भारतका रेलवे र ब्यापार तथा उद्योगमन्त्री पियुस गोयालले रेलवेद्वारा नेपाललाई २ वटा रेल दिईएको आफ्नो ट्वीट मार्फत दाबी गरेका छन् । नेपालसँग प्राचिनकालदेखि नै सौहाद्रपूर्ण सम्बन्ध रहेको बताउदै मन्त्री गोयालले यो सम्बन्धलाई नयाँ आयाम दिंदै नेपाललाई दुईवटा रेल दिईएको दाबी गरेका छन् । उनले नेपाललाई दिईएको रेल जयनगर, बिहार कुर्था देखि नेपालसम्मको रेलयात्राको लागी उपयोग गरिने लेखेका छन् ।

यद्दपी मन्त्री गोयालको ट्वीटमा रिट्वीट गर्दै अधिकांश नेपालीहरुले नेपालले उक्त रेल किनेकाले दिएको भनेर गलत प्रचार नगर्न सुझाब दिएका छन् । तर सामाजिक संजाल फेसबुक लगायतका सोसियल मिडियामा भारतले उपहारमा दिएको रेल किनेको भनेर जनता झुक्याएको भन्दै ओली सरकारको आलोचना समेत गरेका छन् ।
८६ करोडमा भारतीय कम्पनीबाट दुई सेट रेल खरिद गरिएको नेपाल रेल्वे बिभागको दाबि छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि ल्याउन लागिएको रेल सेट भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत किनिएको नेपाल सरकारको दाबी छ । भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेको समेत रेलवे बिभागले जनाएको छ । यसमा कुर्थाबाट विजलपुरा खण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटरमा रेल चलाउने तयारी छ । नेपाल सरकारले आफैंले किनेर ल्याएको भनिएको रेल भारतका मन्त्री जस्तो जिम्मेवार व्यक्तिले दिएको भनेर ट्वीट गरेपछि सामाजिक संजालमा रेल किनेको कि लिएको भन्ने बहस सुरु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस