भाद्र २२,चितवन । नारायणगढ-बुटवल सडकखण्ड निर्माणका लागि ७ वटा निर्माण कम्पनीको आर्थिक प्रस्तावमाथि मूल्यांकन सुरु भएको छ । यसअघि छानिएको कम्पनीलाई एशियाली बिकास बैंक (एडीबी) ले अयोग्य ठहर्याएपछि नयाँ कम्पनी छान्ने प्रक्रिया सुरु भएको थियो । जुन, अन्तिम चरणमा पुगेको छ ।
अब आर्थिक प्रस्ताव मूल्यांकन गरेर सडक विभाग अन्तरगतको एडीबी सडक निर्देशनालयले कम्पनी छनोट गर्नेछ । पहिलो चरणमा ९ कम्पनीले बोलपत्र हाले पनि २ वटा कम्पनी प्राविधिक मूल्यांकनमा असफल भएका थिए । अब ७ वटा कम्पनी अन्तिम प्रतिस्पर्धामा रहेको आयोजनाका इन्जिनियर प्रदीपमान शाक्यले बताए ।
छनोट सकिएपछि यसको स्वीकतिका लागि एडीबीमा पठाइनेछ । एडीबीले स्वीकृति दिएपछि आयोजनामा निर्माणको काम अघि बढ्नेछ ।