सिरियाको इडलिबमा भएको द्वन्द्वबारे टर्की र रूसको मतान्तर

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ भाद्र २२, शुक्रबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र २२,काठमाडौँ । सिरियाको इडलिबमा भएको द्वन्द्वका बारेमा टर्की र रूसले फरक फरक मत व्यक्त गरेका छन् ।
टर्कीले तत्काल युद्वविराम गर्न आह्वान गरिरहेका बेला रूसले भने आतङ्ककारीहरूलाई नियन्त्रणमा लिनु सिरियाको अधिकार भएको तर्क गरेको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले इडलिबमा रूसी हवाई हमला भएपछि शुक्रबार युद्व विराम गर्न आह्वान गरेका हुन ।

“यदि हामीले यहाँ युद्वविराम सुनिश्चित गर्न सक्यौँ भने शिखर सम्मेलनका लागि यो एउटा महत्वपूर्ण कदम हुनेछ, यसलाई गम्भीरतापूर्वक लिनुपर्ने देखिन्छ,” इर्डोगानले भने ।

इरानको राजधानी तेहरानमा शुक्रबारबाट सुरु भएको शिखर बैठकको सुरुमा उनले यस्तो बताएका हुन । इरान र रूसलाई दमास्कसका विषयमा मुख्य पक्ष मानिन्छ ।

सिरियाको इडलिबमा जारी द्वन्द्वको अन्त्य गरी त्यहाँ रहेका नागरिकको भविष्य सुरक्षित गर्ने उद्देश्यले तेहरानमा इरान, रसिया र टर्कीका राष्ट्रपतिहरूबीच बैठक सुरु भएको हो ।

यस शिखर बैठकले सिरियाको इडलिब प्रान्तमा गएको करिब दुई वर्षदेखि कब्जा जमाउँदै आएका विद्रोही र उनीहरूको कब्जामा रहेका सिरियाका अरू सर्वसाधारणका बारेमा छलफल गरी आवश्यक रणनीति बनाउने अपेक्षा गरिएको छ ।

तेहरानबाट शुक्रबार प्राप्त समाचारमा उक्त प्रान्तमा रहेका लडाकू र उनीहरूको नियन्त्रणमा रहेका नागरिकको भविष्यका बारेमा महत्वपूर्ण निर्णय लिने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस