भोलिदेखि साझाले लामो दुरीमा पनि बस सेवा सञ्चालन गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ आश्विन ६, मंगलबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

असोज ६,काठमाडौँ । साझा यातायातले लामो दुरीमा पनि बस सेवा सञ्चालन गर्ने निर्णय लिएको छ । बुधबार (भोलि) देखि साझाले लामो दुरीमा पनि बस सञ्चालन गर्न लागेको निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए।

उनकाअनुसार काठमाडौं–पोखरा–कुस्मा–बागलुङ र काठमाडौ–बुटवल–भैरहवा–सुनौली रुटमा बस सञ्चालन हुनेछ । बस साँझ ७ बजे नयाँ बसपार्कबाट छुट्ने बताइएको छ । साझाको लामो दूरीको बस सेवा कोरोनाभाइरसका कारण सरकारले यातायात सञ्चालनमा रोक लगाएसँगै रोकिएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस