जापानको नागोयाको मिसयोशिमा सांगितिक दशै विशेष कार्यक्रम हुँदै

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ भाद्र २३, शनिबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र २३,जापान । “हिमाल प्यालेस” को पूर्ण सहयोगमा असोजको २७ गते दशैँको अवसरमा सांगितिक कार्यक्रम हुने भएको छ । जापानको नागोयाको मिसयोशि स्थित नाइट क्लबमा सो सांगितिक भेट हुने बताईको हो ।

कमल खड्ग कार्यक्रम व्यवस्थापक भएको कार्यक्रममा राजिव लामाले स्टेजमा तहल्का मच्चाउनेछन । उनी जापानमा बसेर सांगितिक यात्रा गरिरहेका छन । कार्यक्रमका सह संयोजक नरेए खड्ग रहेका छन । त्यसैगरी कार्यक्रममा जापानी नागरिक शीलो र नेपाली म्यूजिसीयन डिजे सुस्याङले भरपुर मनोरञ्जन दिनेछन ।

दशैँको अवसरमा हुन लागेको सो कार्यक्रममा नेपालीहरुको जमघटका साथै शुभकामना आदानप्रदान पनि हुने बताइएको छ । जापानमा रहेका नेपालीहरुले विभिन्न समयमा यस्ता कार्यक्रम गर्दै आएका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस