मल नल्याउने दुई ठेकदार कम्पनीलाई कारबाही अघि बढाउन बाटो खुल्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन ८, बिहिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज ८,काठमाडौँ । समयमै मल नल्याउने दुई ठेकदार कम्पनीलाई कारबाही अघि बढाउन उच्च अदालत पाटनले बाटो खोलिदिएको छ ।

शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल कम्पनीले ठेक्का सम्झौता रद्ध, धरौटी जफत र कालोसूची सिफारिस रोक्न माग गर्दै दायर गरेको उत्प्रेषण रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

यसअघिमुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले यसअघि अदालतले दिएको अन्तरिम कालिन आदेशलाई निरन्तरता नदिएको कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ ।

‘कारबाही रोक्न माग गर्दै परेको तीन वटै रिटमा अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको छ, बुधबार राती ८ बजे यसबारे आदेश आएको हो,’ कृषि सामाग्री कम्पनी लिमिटेडका सञ्चालक प्रबन्धक नेत्रबहादुर भण्डारीले भने ।

मल नल्याउने दुई कम्पनीले भदौ २१ को ठेक्का रद्ध र २९ गतेको कालोसूची सिफारिस रोक्न माग गर्दै तीन वटा मुद्धा उच्च अदालतमा दायर गरेका थिए । भदौ २० गतेसम्म २५र २५ हजार मेट्रिकटन युरिया मल ल्याउन ठेक्का पाएका कम्पनीले समयमै मल ल्याउन सकेका थिएनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस