पहिलो प्रेम पत्र : आसमा वाँच्नु पनि त प्रेम नै हो नि !

सुमन कुमार खतिवडा

टेवलभरि किताबहरु छरपस्ट छन । नयाँ पुराना गरेर करिब दुई दर्जन जति किताब हुदा हुन त्यति थोरै किताहरु पनि व्यवस्थित गरेर राख्न नसकेको आफै  अचम्मित हुन्छु । झ्याल ठोका सवै बन्द गरेर लामो समय सम्म राखेकोले होला कोठामा ढुसी गन्हाइरहेको हुन्छ  । झ्याल खोल्छु अनि किताब मिलाउनतर्फ लाग्छु । एउटा पुरानो गाता हालेको किताब भेटिन्छ । किताबको पाना पल्टाउदै जादा विगतका यादहरुले एकाएक आएर  ठुंग्छन । स्कुलका पढ्दाका यादहरु एकपछि अर्को गर्दै स्मृतिको नगरमा फन्नक घुमेर जान्छन। माहानगर जस्तै स्मृतिको नगरसम्म चल्ने गाडी हुँदो हो त म विगतमा सजिलै फर्किन्थे झै लाग्छ । कितावको बीचवाट एउटा खामजस्तो वस्तु फ्यात भुइमा खस्छ । खाममा कलात्मक रुपमा आफ्नै नामको अक्षरहरु खोपिएको देख्दा खाम भित्रको चिठ्ठि  निकै वजनदार लाग्छ । आफ्नै नाम दोहोर्याउदै पढ्छु । खामभित्र सेतो पन्नामा खिपिएका राता अक्षरहरु झनै मनोमोहक देखिन्छन ।

प्रिय , मान्छे
थाहा छैन किन मैले तिमिलाइ किन प्रिय भनेर सम्बोधन गरे  मलाइ अझै पनि लाग्दैन, तिम्ले मलाइ त्यो शब्द उच्चारण गर्ने अधिकार दियका छौ भनेर तर मनले मानेन् तिम्लाइ प्रिय भनेर सम्बोधन गरे गल्ति भए आफ्नै ठानेर माफ गरिदिनु । म जे जस्तो अवस्थामा छु त्यसले तिमिलाइ त खासै फरक पर्दैन तर म भगवान सग प्रार्थना गर्छु, तिमी जहाँ जसरी भएपनि खुसीसाथ रहनु त्यसैमा म खुसी खोज्नेछु ! आजभन्दा चार वर्ष अघि मैले तिमिलाइ पहिलोपल्ट स्कुलमा देखे । ख्याउटे शरीर लाम्चो अनि कालो कालो अनुहार  देव्रे पट्टि गालामा एउटा ठूलो खत । तिमी सानै देखि अरु भन्दा विल्कुल फरक स्वभावका थियौ कम वोल्ने लजालु स्वभावको अनि एकान्त मात्रै रुचाउने मान्छे ।  एक दिन विधालयको प्राङ्गणमा केही साथिहरु वाक्लो झुण्ड बनाएर वसिरहेका थिए, त्यसको बीचमा तिमी पनि थियौ । तिमी साहित्यमा रुचि राख्दो रहैछौ, तिम्रो कविता सुन्नका लागि साथिहरु तँछाडमँछाड गर्दै तिम्रो वरिपरि गएर बस्दा रहेछन । एक दिन मैले पनि तिम्रो कविता सुन्ने मौका पाँए आहा !! तिमी भित्र लुकेर रहेको प्रतिभाले मन फुरुङ्ग वनायो । पहिलोपल्ट त बिश्वासै लागेन तर बिश्वास नगर्न मनले मानेन । तिम्ले त याद गरेनौ होला हरेक दिन जस्तो तिम्ले सुनाउने रचनाहरु भ्याएसम्म म कापीमा टिपेर राख्थे । लेख्दै जादा बीच बीचको केही हरफहरु सधैजसो छुट्थ्यो । मैले जतिसुकै कर गर्दा पनि तिम्ले ती छुटेका हरफहरु कहिल्यै सुनायनौ वरु भोली भोली भन्दै टार्यौ र त्यो तिम्रो भोली कहिल्यै आएन ।
ती आधा कविताहरु अझैपनि म सग सुरक्षित छन । फुर्सदमा तिम्रा कविताका हरफहरु केलाउदै पढ्ने गर्थे । तिम्रा कवितामा हराउनु बिस्तारै मेरो दैनिकी जस्तै भएको थियो । तिम्रा कविता मार्फत म झनै तिमी सग नजिकिए  । तिम्रो हरेक कृयाकलाप मन पर्न थाल्यो । वास्तममा तिमी राम्रो त थिएनौ थाहा छैन कसरी तिम्रो अनुहारको ठूलो खत पनि सुहाएझै देख्न थाले । तिमी बाहिर जस्तोसुकै देखिएपनि तिमी भित्र लुकेर रहेर सुन्दरता खुवै मन पर्थ्यो । कतिपय मुरा नभनेरै पनि मिठा हुदारहेछन  ।  विस्तारै तिमी स्कुल आउदा जादा म सगै हिड्न थाल्यौं । मलाइ तिमी सगै हिड्न खुव मन पर्थ्यो ।

म मेरो हातमा तिम्रो नामको पहिलो अक्षर सग मेरो नाम जोडेर लेखी तिमिलाइ देखाउथे तिमी रिसले रातो हुन्थयौ अनि तुरुन्तै मेरो हातमा खोपिएको नाम मेटाइदिन्थौ । मलाइ तिमी रिसाएको हेर्न खुव रहर लाग्थो, म बार बार तिमिलाइ सताइरहन्थे ।

नजानेरै म तिमिलाइ प्रेम गर्थे । तर भन्ने आँट आइरहेको थिएन  बिस्तारै दिनहरु वित्दै जादा  हामी बीचको दुरीको खाडल झन गहिरिदै गएझै लाग्यो  । सदा सगै हिड्ने,वोल्ने,नजिकिने मान्छे एक्कासी टाढिन खोज्दा मन भारी हुन्थ्यो । मैले गरेका प्रश्नहरुक‍ो तिम्ले कहिल्यै चित वुझ्दो जवाफ द्रिएनौ वरु प्रति–उतरमा म बाट टाढा जाउ भन्दै घृणित व्यावहार देखाउन थाल्यौं । एक्कासी तिमिमा देखिएको यत्रो परिवर्तनले मलाइ झनै नाजुक  बनायो । सानै देखि तिमी सगै हिडेको त्यो वाटो मलाइ एक्लै हिड्ने साहास नै भएन । त्यसपछि स्कुल जानै मन लागेन सुरु सुरुमा विरामी छु भन्दै ढाँटेर घरमा वसे । आमा वेलावेलामा मलाइ भावुक हुँदै सम्झाउनुहुन्थो । विगत केही समय देखि उहाँले मलाई केही कुरा भन्न खोजिरहनु भएको थियो ।  एक दिन म घरमा एक्लै भएको मौका पारि आमाले मलाइ हप्काउदै भन्नुभयो दलितको कोखमा जन्म लिएर वाहुनको छ‍ोरालाइ ताक्छेस ? तलाइ थाहा छ ? तँ को होस भनेर !! आइन्दा वाहुनको सङगत नगर नत्र गाउवाटै निकाल्देलान । यी सव कुरा भनिसक्दा आमाका आखा रसाए ।उहाँको अनुहारमा अचानक त्रासका रेखाहरु एकपछि अर्को गर्दै दौडिए ।  शरीर अचानक बरफझै चिसो भएझै भयो ।  तिमी पटक–पटक मेरो स्मृतिमा आएर वरिपरि घुमिर्यौ ।

अनि फेरि दलित शब्दले मलाइ  गहिरो गरी ढुँग्यो । जातियताको त्यो  घाउ कहिल्यै नमेटिने गरि खत बनेर बस्यो मेरो मनमा। तिम्रो गालाको खत हेरेर तिमिलाइ चोट लागेको कुरा मान्छेहरुले सजिलै देख्न सक्छन ।  तर खै कस्ले देख्छ ? मेरो मनमा तिम्ले वनाइदिएको घाउ जुन लाख कोसिस गर्दा पनि कहिल्यै मेटिएन । साहास गरेर एकपटक  तिमिलाइ नै  देखाए पितृसत्तात्मक सोचमा पिल्सिएको समाजको एउटा पात्र अनि जातिय  खोल ओढ्ने पुर्खाको सन्तान  तिमी त्यसवाट कसरी अछुतो रहन सक्थ्यौ ।

तिमिले त्यसमा झन नुनचुक नुनचुक लगायर छाड्दियौ । तिम्रा म सँग भएका तिम्रा  कविता जस्तै तिमी पनि आधा रहेछौ जातियताको बुर्इ चढेर आफुलाई सर्वोच्च सम्झिनेहरुले मानवताको उचाइ कहिल्यै  चुम्न  सक्दैनन ।

प्रिय मान्छे ,
तिमी हिजो पनि मेरो थियनौ र आज पनि हैनौ । जानि नजानि गरेको पहिलो प्रेम जसरी पनि टुट्दो रहेछ । कसैलाइ पाउनु मात्रै हैन पाउने आसमा वाँच्नु पनि त प्रेम नै हो नि  । तिमी हरेक सम्वन्धको अनतस्करण सम्म पुग्छौ जुन तिम्रो लागि जरुरी नै हुन्न । उनिहरु सम्वन्धको यति गहिराइमा पुग्छन कि त्यहावाट निस्कने कुनै ठाँउ नै हुदैन । तब तिमी सजिलोसँग  निस्कन्छौ एउटा गतिलो पात्र अनि कथा लिएर अनि लेखिदिन्छौ एउटा प्रेम काहानी । म विगत केही समय देखि तिम्रा कथाहरु पढिरहेकी छु ।आत्मिक अनि भावनात्मक सम्वन्धलाई  साहित्यमा रुपान्तरण गर्न तिमी खुव माहिर भइसकेछौ । अ साच्चि कहिले लेख्छौ ह मलाइ पात्र वनाएर  तिम्रो पहिलो प्रेम कथा !!!

संम्बन्धित समचार

Leave a Reply