खाद्य कम्पनीद्धारा प्रतिकिलो ६० रुपैयाँमा प्याजको बिक्री सुरु

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ आश्विन १०, शनिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज १०,काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिलो ६० रुपैयाँमा प्याजको बिक्रीवितरण सुरु गरेको छ । लिमिटेडको थापाथली बिक्रीकक्षबाट प्रतिकिलो ६० रुपैयाँमा सर्वसाधारणलाई प्याज बिक्री गरेको हो । सरकारले बजार अनुगमनका क्रममा बढी मूल्य लिई बिक्री गर्न लागेको प्याजलाई जफत गरी बजार मूल्यमा बिक्री गर्न थालेको हो ।

काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथली बिक्रीकक्षबाट सर्वसाधारणलाई ६० रुपैयाँमा प्याज उपलब्ध गराउँदै आएको जानकारी दिए । उनका अनुसार बजार अनुगमनका क्रममा १४ हजार ६ सय किलो प्याज सरकारले बरामद गरेको छ । एक जनालाई तीन किलोसम्म दिन थालेको पनि उनले बताए।

उनका अनुसार ५२ रुपैयाँ राजस्व र ८ रुपैयाँ खाद्य कम्पनीको खातामा जम्मा गरिनेछ । काठमाण्डौ उपत्यकामा प्याजको मूल्य १ सय २० सम्म पुगेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजार अनुगमन समेत गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस