नयाँ मन्त्रीको टुङ्गो लगाएलगत्तै मन्त्रिपरिषद् पुनर्गठन गर्न ओली प्रचण्डको गृहकार्य

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन ११, आईतबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज ११,काठाडौँ । यसैकारण शनिबार हुने भनेको ओली प्रचण्डबीचको भेटवार्ता आज आइतबारका लागि सारिएको थियो । आइतबार बिहान ९ बजे हुने ओली र प्रचण्डबीचको छलफलले नयाँ मन्त्रीको टुङ्गो लगाएलगत्तै मन्त्रिपरिषद् पुनर्गठन गर्ने ओली प्रचण्डको गृहकार्य छ ।

मन्त्रिपरिषद पुनर्गठनमा नेताहरु भीम रावल, डा.बेदुराम भुषाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, यज्ञराज सुनुवार, जनार्दन शर्मा, हरिवोल गजुरेल, टोपबहादुर रायमाझी, पम्फा भुषाल, देवेन्द्र पौडेल, प्रभु साह, गणेश ठगुन्ना, प्रेम आले, तुलसा थापालगायतका नेताहरु मन्त्री बन्ने चर्चामा छन् । साथै उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल र सुवास नेम्वाग पनि मन्त्री बन्ने चर्चाको सूचीमा छन् । तर, गौतमको हकमा भने अदालतमा परेको मुद्दाको फैसलाका आधारमा मात्रै मन्त्री बन्न मिल्ने नमिल्ने निक्र्योल हुनेछ । चर्चामा आएका सबैलाई समेट्दा पुराना प्रायः सवै हटाउनुपर्ने हुन्छ । २२ मन्त्रालयमध्ये हाल सूचना तथा सञ्चार, अर्थ र सहरी विकास मन्त्रालयमात्र रिक्त छन् ।

‘आइतबार दुई नेताबीच भेटवार्ता हुँदैछ । उक्त भेटवार्तापछि सबै कुरो टुङ्गो लाग्छ’, प्रधानमन्त्री ओली निकटका एक स्थायी समिति सदस्यले भने, ‘यति ठुलो पार्टीमा मन्त्री हुने आकाङ्क्षीहरु बढ्नु स्वाभाविक हो । तर कार्यदलको प्रतिवेदन र स्थायी समितिको प्रस्तावलाई आधार मानेर मन्त्रिमण्डलमा जानेहरुको टुङ्गो लाग्छ ।’

पार्टीभित्रको शक्ति सन्तुलनलाई समेत ख्याल गर्दै मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने भएकाले नेताहरुबीच कसलाई राख्ने र कसलाई हटाउने भन्नेमा सहमति जुटिसकेको छैन । ‘कसलाई राख्ने र कसलाई हटाउने भन्ने प्रधानमन्त्रीको अधिकारको कुरा हो । यद्यपी विधि, पद्दति र मापदण्डको कुरामा समेत ख्याल गर्नुपर्ने हुन्छ । साथै पार्टीको निर्णय र सन्तुलनमा पनि ध्यान दिनुपर्ने भएकाले नेताहरुलाई व्यक्ति छान्न सकस परेको देखिन्छ । किनभने आकाङ्क्षी बढ्दै जाँदा निश्चितले मात्रै मौका पाउने भएकाले धेरै कुराकोे ख्याल गर्नुपर्छ’, एक सचिवालय सदस्य भन्छन्, ‘तर यसपटक विगतमा जस्तो धेरै असन्तुष्टि रहँदैन भन्ने विश्वास गर्न सकिन्छ ।’

ओली र प्रचण्डबीच बिहीबार र शुक्रबार भएको भेटवार्तामा आकाङ्क्षी धेरै भएपछि कसरी व्यवस्थापन गर्ने भन्नेमा छलफल भएपनि ठोस निश्कर्ष निस्कन सकेको थिएन। जसका कारण शनिबार हुने भनेको भेटवार्ता नै हुन सकेन ।

ताजा अपडेट

खोजी गर्नुहोस