भारतमा कोरोना संक्रमितको संख्या ६० लाख नाघ्यो, मृत्यु हुनेको संख्या झन्डै १ लाख

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ आश्विन १२, सोमबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज १२, काठमाडौ । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ६० लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म ६० लाख ७४ हजार ७०३ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ८२ हजार १७० नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ९५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट एक हजार ३९ जनाको मृत्यु भएको हो । यससँगै समग्रमा भारतमा मृत्यु हुनेको संख्या पनि ९५ हजार ५४२ पुगेको छ ।

अहिलेसम्म भारतमा कोरोनाका ५० लाख १६ हजारभन्दा बढी संक्रमित निको भइसकेका छन् भने नौ लाख ६२ हजार ६४० संक्रमित निको हुन बाँकी छन् ।

भारत अमेरिकापछि सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको मुलुक हो । अहिलेसम्म अमेरिकामा ७१ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस