कोरोना अपडेट: २४ घण्टामा १३५१ जनामा संक्रमण देखियो, ७४२ जना डिस्चार्ज भइ घर फर्किए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन १२, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १२,काठमाडौँ । पछिल्लो २४ घण्टामा आज १३५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ८० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यससँगै देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ पुगेको जानकारी दिए ।

यस्तै आज देशभर ८ हजार ६९५ संस्थागत आइसोलेशन र १० हजार ९२९ जना होम आइसोलेशनमा रहेका छन् । उनका अनुसार बितेको २४ घण्टामा थप ७४२ जना निको भएका छन् यससँगै निको हुनेको कुल संख्या ५४ हजार ६४० पुगेको गौतमले बताए । यस्तै आज १० हजार ८० जनाको पीसीआर भएको छ । यस्तै देशभर कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या ४८१ पुगेको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस