फेरि उकालो लाग्यो सुनको भाउ ! आज प्रतितोला कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ आश्विन १३, मंगलबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज १३, काठमाण्डौ । नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि बढ्न थालेको छ । आज सुन प्रतितोला ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस