प्राकृतिक विपद्को घटनाबाट ६ महिनामा ३ सय ९८ को ज्यान गयो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन १३, मंगलबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज १३, काठमाण्डौ । विगत ६ महिनाको अवधिमा प्राकृतिक विपद्का कारण देशभर ३९८ जनाको मृत्यु भएको छ । अवरिल वर्षापछिको बाढी पहिरोका कारण सिन्धुपाल्चोक, बागलुङ, दैलेखलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको थियो भने अहिलेपनि पहिरोमा हराइरहेकाहरुको शव फेला पर्न सकेको छैन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख १ देखि हालसम्मको अवधिमा १०४ जना बेपत्ता र ४२९ जना घाइते समेत भएका छन् ।

प्राधिकरणको तथ्यांकअनुसार मनसुन सुरु भएदेखि अर्थात गत जेठ ३० गतेयता मात्रै पहिरोबाट २८९ जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । यसैगरी बाढीबाट ३९ को मृत्यु, ३६ बेपत्ता र ९ जना घाइते हुँदा चट्याङबाट पनि ३५ जनाको मृत्यु भएको छ । सोही अवधिमा चट्याङ लागेर ८६ जना घाइते समेत भएको तथ्यांकमा उल्लेख छ । प्राधिकरणको मनसुन भएयताको तथ्यांकमात्रै हेर्दा पनि ३६३ को मृत्यु, १०३ बेपत्ता र ३१७ जना घाइते देखिन्छ ।

प्राधिकरणले बितको २४ घण्टामा नेपालमा विभिन्न जिल्लामा गरेर ५ स्थानमा आगलागी, ३ स्थानमा अबिरल वर्षा, ३ स्थानमा जनावर आक्रमण, १ स्थानमा बाढी, १ स्थानमा पहिरोका घटना भएको जनाएको छ । यी घटनामा परेर ३ जनाको मृत्यु र ४ जना घाइते भएका छन् भने ७३ लाख २५ हजार २ सय रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस