अब डा. केसीको फोटो तथा भिडिओ खिच्न पत्रकारले समेत नपाउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन १३, मंगलबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

असोज १३, काठमाण्डौ । सत्याग्रही डा. गोविन्द केसीको विषयमा समाचार संकलन गर्न पुगेका पत्रकारहरूलाई शिक्षण अस्पताल प्रशासनले भित्र पसेर फोटो र भिडिओ खिच्न प्रतिबन्ध लगाएको छ । चिकित्सा शिक्षामा सुधारसहितका माग राखेर १९औं पटक सत्याग्रह गरिरहेका डा। केसीको हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ। डा। केसीको १९औं सत्याग्रहको आज १६औं दिन हो ।

१६ दिनदेखि अनसनरत डा। केसीको स्वास्थ्य अवस्था तथा कोरोना भाइरसको संक्रमण हुन सक्ने भन्दै अस्पताल प्रशासनले कुनै पनि मिडियाका पत्रकारलाई उपचार कक्षमा छिर्न नदिन निर्देशन जारी गरेको बताइएको छ । अस्पतालको उपचार कक्षबाहिर बसेका सुरक्षाकर्मीले पत्रकारलाई छिर्न नदिने आदेश भएको भन्दै ढोकामा रोक्दै आएका छन् ।

लामो अनसनका कारण डा। केसीमा स्वास्थ्यसम्बन्धी थुप्रै समस्या आएका छन् । पछिल्ला केही दिनदेखि छाती दुख्ने, श्‍वास फेर्न गाह्रो हुने, रक्तचाप घट्नेलगायतका समस्यासँग डा। केसी जुधिरहेको उनका सहयोगीहरूले बताएका छन् । डा। केसी अहिले पनि बोल्न सक्ने अवस्थामा छैनन्। तर उनले मिडियालाई भौतिक दूरी अपनाएर सुरक्षा सतर्कतासहित फोटो तथा भिडिओ खिच्न अनुमति दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस