आज एकैदिन थप १० संक्रमितको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन १३, मंगलबार (३ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

असोज १३, काठमाण्डौ । आज देशभर थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै, मृतकको संख्या ४९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज मृत्यु हुनेमा ३ महिला र ७ पुरुष गरी १० जना रहेका छन् । मोरङका ६८ वर्षीय, महोत्तरीका ५८ वर्षीय, काठमाडौंका ६० र ७० वर्षीय, चितवनका ५५ वर्षीय, बाँकेका ५३ वर्षीय, ३९ वर्षीय पुरुष, सर्लाहीका ७२ वर्षिया, काठमाडौंका ५७ र बाँकेमा ७६ वर्षिय महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस