झन् चर्कियो चीन-भारत सीमा विवाद, लद्दाखबारे कडा सवालजवाफ

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ आश्विन १४, बुधबार (३ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

असोज १४, काठमाण्डौ । चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भारतद्वारा स्थापित कथित केन्द्र प्रशासित प्रदेश लद्दाखलाई आफ्नो देशले मान्यता नदिने बताएको छ । तर भारतले चीनको यो दाबीलाई अस्वीकार गरेको छ ।
भारतको विदेश मन्त्रालयले वक्तव्य जारी गर्दै जवाफ दिएको छ, ‘हामीले भारत–चीन वास्तविक नियन्त्रण रेखाबारे चीनको एक प्रवक्तालाई उद्धृत गर्दै लेखिएको रिपोर्ट देख्यौं । एकतर्फी रूपमा सन् १९५९ मा बनाएको एलएसीलाई भारतले कहिले पनि स्वीकार गरेको छैन । हाम्रो सधैं यही स्थिती रह्यो र चीनसमेत सबैलाई यो कुरा थाहा हुनुपर्छ ।’

अगाडि भनिएको छ, ‘सन् २००३ सम्म दुवै तर्फबाट एलएसीको निर्धारण दिशामा कोसिस भइरह्यो, तर पछि चीनले यसमा रुचि देखाउन छाड्यो । जसका कारण यो प्रक्रिया रोकियो । त्यसैले अब चीनले एउटा मात्रै एलएसी छ भन्ने कुरालाई जोड दिनु उसले दिएको वचनको उल्लंघन हो ।’

चीन सरकारको नजिक मानिने पत्रिका ग्लोबल टाइम्सका अनुसार भारतको सीमासँग जोडिएको क्षेत्रमा सडक निर्माण भइरहेको छ । यसबारे वाङ वेनबिनले भने, ‘चीन विवादित सीमावर्ती क्षेत्रमा सैनिकद्वारा नियन्त्रणको उद्देश्यले आधारभूत ढाँचा निर्माणको विरोध गर्छ ।’

चीनको विदेश मन्त्रालयका प्रवक्ताले थपे, ‘हालै चीन र भारतबीच बनेको सहमतिअनुसार कुनै पनि पक्षले सीमा क्षेत्रमा कुनै पनि कारबाही गर्नु हुँदैन, जसका कारण स्थिति अझ जटिल बनोस् र स्थिति नियन्त्रण गर्ने दुवै पक्षको प्रयासमा असर नपरोस् ।’ भारतले कडा प्रतिक्रिया दिँदै आफूले पनि सन् १९५९ को एलसीलाई मान्यता नदिने चेतावनी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस