आज १५ सय ५९ नयाँ संक्रमित थपिए,एक हजारभन्दा बढी डिस्चार्ज !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन १४, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १४, काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टा थप १५ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १ हजार ५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५६ हजार ४ सय २८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार २ सय ५ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर २० हजार ८ सय ९१ जना संक्रिय संक्रमित रहेका छन् भने ५ हजार ४ सय २८ जना क्वारेन्टिनमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस